संबृद्धि सहकारीमा भट्टराई
पाेखरा | भदौ १२, २०७९
लेखनाथ । संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २७ कास्कीको शनिवार सम्पन्न आठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले सुमन भट्टराईको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रमोद भण्डारी, सचिवमा नवराज तिवारी र कोषाध्यक्षमा रामजी पौडेल रहेका छन् । संचालक समितिको सदस्यमा खेमराज पौडेल, पवित्रा श्रेष्ठ, बीरेन्द्र बानिया, राजेश सुवाल र शोभा पण्डित क्षेत्री निर्वाचित भएका छन् ।
अधिवेशनले केशवराज पौडेललाई लेखासमितिको संयोजक र डिल्लीराम पौडेल र उत्तमदत्त बराललाई सदस्यमा निर्वाचित गरेको छ ।
यसअघि साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सहकारीमा जम्मा भएको पूँजिलाई उद्यमशिलतामा लगानी गर्न सुझाव दिए । अध्यक्ष आत्रेयले सहकारीका शेयर सदस्यलाई लाभांस उनिहरुको कर्जा र निक्षेपमा सक्रियताको आधारमा दिईनु पर्नेमा जोड दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले कृषिमा आधारित व्यवसायलाई प्रर्वद्धन गर्न आग्रह गरे ।
सहकारीका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी प्रसाद त्रिपाठी, देवराज पन्थि, नवराज सापकोटा, मानकुमारी पराजुली नवराज पौडेल लगायतले बोलेका थिए ।
साधारण सभाले अध्यक्ष सुमन भट्टराईको प्रतिवेदन, सचिव नवराज तिवारी र कोषाध्यक्ष रामजी पौडेलको प्रतिवेदन पारित गरेको थियो ।
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अ...
काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...

